पोलार्ड टी–२० क्रिकेटका सबैभन्दा धेरै रन बनाउने क्रिकेटर

पोलार्ड टी–२० क्रिकेटका सबैभन्दा धेरै रन बनाउने क्रिकेटर

१२ भदौ काठमाडौं । काइरोन पोलार्ड टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने क्रिकेटर बनेका छन् । बिहीबार पोलार्डले क्यारिबिन प्रिमियर लिगमा ६५ रन बनाउँदै १४ हजार ९२१ रन पूरा गरे ।योसँगै उनी टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बने ।

यसअघि यो कीर्तिमान १४ हजार ८९० रन बनाएका इंग्लिस ब्याटर जस बट्लरको नाममा थियो ।कीर्तिमान आफ्नो नाममा ल्याउने क्रममा क्रिन्बागो नाइट राइडर्सको निम्ति पोलार्डले २६ बलमा ६५ रनको अर्धशतकीय इनिङ खेले । तारौबाको ब्रियन लारा रंगशालामा यो कीर्तिमान रच्न उनलाई ३५ रन पनि पर्याप्त थियो । तर, उनले अर्धशतकीय इनिङ खेल्दै कीर्तिमान रचे ।बट्लरले गत अगष्टमा कीर्तिमान आफ्नो नाममा ल्याउनुअघि पनि यो कीर्तिमान पोलाल्र्डको नाममा थियो । उनले गत वर्ष क्रिस गेललाई पछाडि पार्दै कीर्तिमान रचेका थिए ।