रसुवा बाढी – सल्यान कपुरकोटका १३ जना श्रमिक सम्पर्कविहीन

रसुवा बाढी –  सल्यान कपुरकोटका १३ जना श्रमिक सम्पर्कविहीन

११ भदौ, काठमाडौं । रसुवामा आएको बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाका १३ जना नागरिक सम्पर्कविहीन भएका छन्। कपुरकोट गाउँपालिकाले सूचना जारी गर्दै उनीहरूको खोजी तथा उद्धार कार्यमा सहयोग गरिदिन सबै सरोकारवालासँग अपिल गरेको छ।गाउँपालिकाका अनुसार भदौ १० गते तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा र नुवाकोटमा ठूलो जनधनको क्षति भएको छ ।

सोही घटनाका क्रममा कपुरकोट गाउँपालिकाबाट विभिन्न कामको सिलसिलामा रसुवा पुगेका १३ जना नागरिक हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको गाउँपालिकाले जनाएको छ।एउटै वडाका ११ जना सम्पर्क विहीनगाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीनमध्ये धेरै कपुरकोट गाउँपालिका–६ का छन् । उक्त वडाका ११ जना नागरिक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।उनीहरू सबैको अवस्था हालसम्म यकिन हुन नसकेको र परिवार तथा आफन्तसँग सम्पर्क स्थापित हुन नसकेको गाउँपालिकाको सूचनामा उल्लेख छ।