१० भदौ काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण दर्जनौ कर्मचारी सम्पर्कविहीन भएको बताइएको छ ।बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।‘बाढीले कल्पनै गर्न नसकिने क्षति पुर्याएको छ ।
करिब ५ सय गाडी बाढीले बगाएको अनुमान छ’, भन्सार विभागका निर्देशक किशोर बर्तौलाले भने ।उनका अनुसार बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन विद्युतीय तथा अन्य गाडीहरू पार्किङ गरी राखिएका थिए ।भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् ।