७ भदौ काठमान्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पूर्व नेता रविन्द्र मिश्रले जेन जी आन्दोलनलाई विदेशी जासुसी विद्रोहको संज्ञा दिएका छन् ।गत वर्ष भदौ २३ र २४ मा भएको जनधनको पीडाले हामीलाई अझै छोडेको छैन । कहिल्यै छोड्ने छैन । मैले आजसम्म पहिलो दिनलाई जेन जी विद्रोह र दोस्रो दिनलाई घुसपैठ विद्रोह को संज्ञा दिँदै आएको थिएँ, उनले लेखेका छन्, संसारका तथ्यमा आधारित केही उत्कृष्ट जासुसी सिनेमा हेरेपछि, केही विद्रोहका बारे पढेपछि र धेरै सोचविचार गरेपछि, मैले भदौ २३ र २४ को घटनालाई संसारकै एउटा सबैभन्दा सफल विदेशी जासुसी विद्रोहू को संज्ञा दिने निर्णय गरेको छु . अज्ञात अन्तर्राष्ट्रिय जासुसी संस्था हरूले निर्दोष नेपाली युवाहरूको पीडा, असन्तोष, आक्रोश र अपेक्षालाई उनीहरूले थाहै नपाउने गरी प्रयोग गरेको र संसारमैँ सबैभन्दा सफलमध्येको जासुसी विद्रोह का रुपमा सम्पन गरेको मिश्रको भनाइ छ ।
यस्तो विद्रोह जसमा ६ घण्टाको अवधिभित्र देशको राष्ट्रियता र सार्वभौमसत्ताका प्रमुख तीन धरोहर, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका अनि राष्ट्रप्रमुखको निवास जलिसकेको थियो, उनी लेख्छन्, संसारमा आजसम्म त्यस्तो भएको मलाई थाहा छैन ।जासुसी बिद्रोह को लक्ष्यमा योजनाकारहरू सफल भए या भएनन् या उनीहरू अझै आफ्नो मिशनमा छन् भन्ने कुरामा भने आफू अझै अनविज्ञ रहेको पनि उनले खुलाएका छन् । तर, भविष्यमा कुनैबेला भदौ २३ र २४ को योजनाकार, योजना र कार्यान्वयनका कतिपय गोप्य सूचनाहरू सार्वजनिक भएपछि त्यसबारे हलिवुडको कुनै विश्वविख्यात निर्देशकले जासुसी सिनेमा निर्माण गरेको खण्डमा त्यो संसारकै उत्कृष्टमध्येको जासुसी सिनेमा बन्नेछ भन्नेमा मिश्र विश्वस्त छन् ।