उग्र आशिकाको कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

उग्र आशिकाको कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

५ भदौ काठमाडौं । काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले गरेको व्यवहारलाई लिएर सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले माफी मागेका छन् ।मेयरहरुलाई थर्काएपछि आशिका तामाङ आक्रोशित मुद्रामा बैठक छाडेर हिँडेकी थिइन् । त्यसपछि धारणा राखेका मेयरहरुले सांसदको व्यवहारलाई लिएर आपत्ति जनाएका थिए ।

सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा भएको काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापनसम्बन्धी छलफलमा उपस्थित मेयरहरुलाई सांसद तामाङले थर्काएपछि सञ्चारमन्त्री तिमिल्सिनाले माफी मागेका हुन् ।भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल बिरामी भएकाले बैठकको अध्यक्षता सञ्चारमन्त्री डा। तिमिल्सिनाले गरेका थिए ।