६ भदौ, जाजरकोट । जाजरकोटमा बाढिमा परी दुई जना बेपत्ता भएका छन । जिल्लाको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार डोग्रा खोलाले बगाउँदा ३९ वर्षीया रचना थापा र ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार थापालाई बुधबार साँझ गोठबाट घर फर्कने क्रममा खोलाले बगाएको थियो ।
सिंह भने शुक्रबार बिहान डोग्राखोलाको बाढीमा बेपत्ता भएका हुन् । बाढीले आठदेखि १० वटा पानीघट्टसमेत बगाएको छ।बेपत्ताको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।