बाँसबारीमा साढे दुई तले घर भासियो

बाँसबारीमा साढे दुई तले घर भासियो

५ भदौ काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ ।घर भासिने समयमा मानिस नरहेकोले कुनै पनि मानवीय क्षति नभएको बताइएको छ ।

वर्षाका कारण जमिन कमजोर भई घर भासिएको हो ।न्यू गण्डकी गेष्ट हाउस सञ्चालन रहेको उक्त घर बिहीबार राति करिब ८ बजे भासिएको प्रहरीले जनाएको छ ।