नेपाललाई गरिब रहिरहने छुट छैन : प्रचण्ड

60Shares
नेपाललाई गरिब रहिरहने छुट छैन : प्रचण्ड

७ असोज, बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल अब गरिब मुलुक रहिरहने छुट नभएको बताएका छन् ।
‘नेपाल र नेपाली जनतालाई गरिबीबाट बाहिर निकाल्न मेरो सरकारले काम गरिरहेको छ । उनले भने ।नेपालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन गरी गरिबी निवारण र सम्पत्ति बढाउने काम गर्न चाहेको उनको भनाइ थियो ।नेपाल सबैभन्दा उच्च र छिटो विकास गरिरहेका देशहरू चीन र भारतको बीचमा छ । यो रणनीतिक भूगोलले पनि नेपाललाई विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाएको उनको भनाइ थियो । चीनले लगानी र प्रविधिका क्षेत्रमा गरिरहेको प्रगतिबाट नेपालले लाभ उठाउन चाहेको पनि उनले बताए ।जनसांख्यिक लाभका हिसाबले पनि नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाएको उनको भनाइ थियो । ‘नेपालका युवाको औसत उमेर २४ वर्ष छ । नेपालमा लगानीको प्रतिफल उच्च छ, उच्च र दिगो आर्थिक वृद्धिको सम्भावना छ’, उनले भने ।चीनले गरिबी निवारण, नवप्रवर्तन, विज्ञान तथा प्रविधिमा गरेको प्रगति अनुकरणीय रहेको भदै प्रचण्डले प्रशंसा गरे ।नेपाल र चीनको इतिहास र मित्रता पाँचौं शताब्दीदेखि सुरु भएको र हाल उचाइमा रहेको उनले बताए । नेपाल र चीनबीचको व्यापार बढिरहेको भन्दै प्रचण्डले खुसी व्यक्त गरे । चीन सबैभन्दा ठूलो विदेशी लगानीकर्ता र र दोस्रो ठूलो व्यापार साझेदार रहेकाले नेपालका लागि महत्वपूर्ण मित्रराष्ट्र रहेको उनको भनाइ थियो ।‘व्यापार घाटा नेपालको सबैभन्दा ठूलो समस्या हो ।