४ भदौ काठमान्डौ । केन्यामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा इक्वेडरका गुप्तचर प्रमुख मिसेल सेन्सी–कोन्टुगी र उनकी श्रीमती स्टेफानी होलिहानसहित सात जनाको मृत्यु भएको छ ।अमेरिकी विदेश विभागका एक प्रवक्ताले दुर्घटनामा पाँच अमेरिकी नागरिकको पनि मृत्यु भएको बताएका छन् ।
उत्तरी केन्याको सम्बुरु काउन्टीमा पर्यटक बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा चालकसहित सात जना सवार थिए र दुर्घटनामा सबैको मृत्यु भएको केन्याली अधिकारीहरूले जनाएका छन् ।