गोविन्दा विरुद्धको सम्बन्ध विच्छेदको मुद्दा आहुजाले फिर्ता लिइन्

गोविन्दा विरुद्धको सम्बन्ध विच्छेदको मुद्दा आहुजाले फिर्ता लिइन्

४ भदौ काठमान्डौ । गत वर्षदेखि नै गोविन्दा र सुनिता आहुजाको वैवाहिक सम्बन्धमा आएको खटपट र उनीहरूको सम्बन्धविच्छेदसम्बन्धी विभिन्न चर्चा परिचर्चा चलिरहेको छ ।अब गोविन्दाका म्यानेजर शशि सिन्हाले सुनिता आहुजाले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएको पुष्टि गरेका छन् ।

सुनितालाई मुम्बईको बान्द्रास्थित अदालतमा देखिएको थियो, यद्यपि त्यसको कारण भने खुलेको थिएन । लामो समयदेखि सुनिता आहुजाले गम्भीर आरोपहरू लगाउँदै र विवादास्पद टिप्पणीहरू गर्दै आएकी थिइन् भने गोविन्दाले पनि बेला बेलामा त्यसको जवाफ दिँदै आएका पनि थिए ।गोविन्दाका म्यानेजर सिन्हाले विगत दुई वर्षमा यो सम्पूर्ण प्रकरणले मिडियामा जसरी स्थान पायो, त्यसमाथि निराशा व्यक्त गरेका थिए ।