बर्दियामा बाल्टिमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

बर्दियामा बाल्टिमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

२ भदौ बर्दिया  । बर्दियामा एक १८ महिने बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जिल्लाको गुलरिया नगरपालिका ४ निवासी कुर्बान अली बेहनाका १८ महिनाका छोरा आन अली बेहनाको बाल्टिनमा राखीएको पानीमा डुबेर मृत्यु भएको जनाएको छ ।सोमबार घरमा कोहि नभएका बेला बालक खेल्ने क्रममा पानि रहेको बाल्टिनमा डुबेका थिए ।

प्रहरीका अनुसार घरमा कोही नभएको समयमा खेलिरहेका बालक बाल्टिनमा रहेको पानीमा डुबेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।