स्कारपिओ दुर्घटना, उच्च अदालत वीरगंजका न्यायाधीश सहित ६ जना घाइते

स्कारपिओ दुर्घटना, उच्च अदालत वीरगंजका न्यायाधीश सहित ६ जना घाइते

२ भदौं  हेटौँडा । स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन् ।मकवानपुरको भीमफेदी, जुरिखेतमा दुर्घटना भएको बताइएको छ ।काठमाडौँबाट हेटौँडा आइरहेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पियो भीमफेदी–६ जुरिखेतमा दुर्घटनामा परेको हो । दुर्घटनामा मुख्य न्यायाधीश, दाङ, तुलसीपुर–९ का ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्टार, बैतडी, दशरचन्द–७ सुर्कालका ५१ वर्षीय तारादत्त बडु, ताराकी पत्नी, ४९ वर्षीया लक्ष्मी बडु, छोरा, २५ वर्षीय रितेन्द्र बडु, दिदी, ३१ वर्षीया रिता बडु र चालक, दाङ, राप्ती–८ का ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका छन् ।

आज बिहान भएको दुर्घटनामा न्यायाधीश डाँगीसहित ६ जना घाइते भएका हुन् । ४ पुरुष र २ महिला सवार स्कारपिओ भिरमा खस्दा एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।