३० साउन काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी विद्रोहको बर्षदिन पुग्नलाग्दा इतिहासबाट बिदा हुन लागेका पुराना शक्तिहरू फेरि जुर्मुराउन थाल्नु विडम्बनापूर्ण भएको टिप्पणी गरेका छन्।उदीयमान नयाँ शक्तिहरू चौबाटोमा अलमलिए जस्तो देखिएकाले पुराना शक्तिहरू फेरि जुर्मुराउन थालेको उनको बुझाइ छ।
उनले भनेका छन्, ‘अर्कोतिर, बाह्य रूपमा झन् मडारिँदै गइरहेको भूराजनीतिक बादल र आन्तरिक रूपमा सतहमुनि लामो समयदेखि पुत्पुताइरहेको अर्थराजनीतिक र सामाजिक–सांस्कृतिक ज्वालामुखी कुनै पनि बेला विस्फोट हुनसक्ने खतरा अरू प्रबल बन्दै गइरहेछ।’देश र जनताप्रति प्रतिबद्ध सबै शक्तिहरूले विश्व इतिहास र आफ्नै इतिहासबाट सिकेर आआफ्नो भूमिका जिम्मेवारपूर्ण ढङ्गले निर्वाह गर्नु जरुरी रहेको उल्लेख गरेका छन्।