फर्किए देउवा

फर्किए देउवा

२८ साउन काठमान्डौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिना लामो विदेश बसाइपछि फर्किएका छन् । उनलाई आज त्रिभूवन विमानस्थलमा कांग्रेसको इतर पक्षका समर्थकले न्यानो स्वागत गरे ।देउवाको आगमनमा इतर पक्षका नेता(कार्यकर्ता उल्लेख्य संख्यामा विमानस्थल पुगेका थिए । केही गगन थापा सभापति रहेको आधिकारिक कांग्रेसका नेताहरू पनि देखिए ।

विमानस्थलमा सुरक्षा तैनाथि कडा पारिएको थियो ।विमानस्थलमा स्वागत पश्चात देउवाको ‘रोड शो’ सुरू भयो । देउवाले कारको सनरुफबाट आधा जीउ निकालेर समर्थकलाई हात हल्लाउँदै विमानस्थलबाट प्रस्थान गरेका छन्।देउवाको बूढानीलकण्ठस्थित निवास जेन जी आन्दोलनका क्रममा ध्वस्त पारिएको थियो । त्यसक्रममा देउवा दम्पती पनि घाइते भएका थिए ।