२८ साउन काठमान्डौं । पेरिस सेन्ट जर्मेन पीएसजीले एस्टन भिल्लामाथि कठिन जित निकाल्दै लगातार दोस्रो पटक युइएफए सुपर कपको उपाधि जितेको छ।साल्जबर्गमा भएको खेलमा ६२औं मिनेटमा डेसिरे डुएले गरेको गोल नै पीएसजीको जितमा निर्णायक बन्यो। भिडियो असिस्टेन्ट रेफ्र ले अफसाइड चेक गरेपछि मात्र उक्त गोलले मान्यता पाएको थियो।
खेलको २०औं मिनेटमा ख्विचा करात्स्खेलियाले उत्कृष्ट प्रहार गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा एस्टन भिल्लाका १७ वर्षीय स्ट्राइकर ब्रायन म्याजोले गोल गर्दै खेल बराबरीमा ल्याए।