क्रिस्टियानो रोनाल्डो विहे गरे

क्रिस्टियानो रोनाल्डो विहे गरे

२७ साउन काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्।उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच विवाह गरेको पिपल म्यागजिनले जनाएको छ।विवाहपछि रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको र दुवैले विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गरेका छन्।रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा थिए। रोनाल्डो रियल मड्रिडमा खेलिरहेका बेला जर्जिना मड्रिडस्थित गुच्चीको पसलमा काम गर्थिन्। पहिलो भेटमै आफूहरूबीच विशेष सम्बन्ध बनेको जर्जिनाले यसअघि भोगसँगको अन्तर्वार्तामा बताएकी थिइन्।एक दशक लामो सम्बन्धका क्रममा उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन्।

सन् २०२२ मा उनीहरूले नवजात छोरालाई गुमाएका थिए।रोनाल्डोले गत नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तामा विश्वकपपछि विवाह गर्ने संकेत दिएका थिए। उनले हाँस्दै भनेका थिए, ‘हामी विश्वकपपछि विवाह गर्ने योजना बनाएका छौँ—ट्रफीसहित।’यद्यपि, २०२६ को विश्वकपमा पोर्चुगल स्पेनसँग अन्तिम १६ को खेलमा पराजित भएपछि रोनाल्डोको विश्वकप करिअर टुंगिएको अनुमान गरिएको छ। प्रतियोगितामा प्रदर्शन अपेक्षाअनुसार हुन नसके पनि उनले लगातार छ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ कीर्तिमान बनाएका थिए।४१ वर्षीय रोनाल्डो विश्वकै सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्।