पूर्वकप्तान सौरभ गांगुलीलाई ज्यान मार्ने धम्की

पूर्वकप्तान सौरभ गांगुलीलाई ज्यान मार्ने धम्की

२६ साउन काठमान्डौं ।भारतीय टोलीका पूर्वकप्तान तथा बीसीसीआईका पूर्वअध्यक्ष सौरभ गांगुलीलाई ज्यान मार्ने धम्की आएको छ ।हुलाक कुरियरमार्फत पठाइएको धम्कीपूर्ण पत्रमा सौरभ, उनकी पत्नी डोना गांगुली र उनका कर्मचारीहरूलाई ज्यान मार्ने धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।गांगुली परिवारले यस सम्बन्धमा कोलकाताको ठाकुर पुकुर प्रहरी चौकीमा उजुरी दर्ता गराएको छ ।

प्रहरीका अनुसार सोमबार क्रिकेट एसोसिएसन अफ बंगालको कार्यालयमा एउटा कुरियर प्याकेट आइपुगेको थियो । त्यसभित्र अंग्रेजीमा लेखिएका दुईवटा पत्रहरू फेला परेका थिए । ती पत्रहरूमा अत्यन्तै आक्रामक र हिंसात्मक भाषा प्रयोग गरिएको थियो ।गांगुली परिवारले विगत ६ महिनादेखि लगातार यस्ता पत्रहरू पाइरहेको थियो ।सुरुमा परिवारले ती पत्रहरूलाई कुनै सनकी प्रशंसक वा व्यक्तिगत गुनासो बोकेको व्यक्तिको काम ठानेर बेवास्ता गरेको थियो तर अहिले भने विषयलाई गम्भीरतापूर्वक लिँदै प्रहरीमा उजुरी दर्ता गरिएको हो ।