२५ साउन काठमान्डौं । रूसी सहर निझ्नेकाम्स्कमा सोमबार भएको युक्रेनी ड्रोन आक्रमणमा १२ जनाको मृत्यु भएको छ। साथै, ३९ जना घाइते भएको तातारस्तान क्षेत्रका अधिकारीहरूले बताएका छन्।युक्रेनले पछिल्लो समय रूसका तेल डिपोलाई लक्षित गरी प्रायः दैनिकजसो लामो दूरीका ड्रोन आक्रमण गर्दै आएको छ। यसले रूसमा इन्धन अभाव हुनुका साथै तेल प्रशोधन क्षमतामा पनि असर पारेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वार्तामा ल्याउन र जारी चार वर्ष पुरानो युद्ध रोक्नका लागि यस्तो अभियान चलाइएको बताएका छन्।तातारस्तानका प्रमुख रूस्तम मिन्निखानोभको कार्यालयका अनुसार सोमबार बिहान निझ्नेकाम्स्कका उद्योग र नागरिक क्षेत्रमा ठूलो ड्रोन आक्रमण भएको थियो।