आफैले बनाएको नियम भत्काए प्रधामन्त्रीले

आफैले बनाएको नियम भत्काए प्रधामन्त्रीले

२५ साउन काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफैले बनाएको प्रोटोकल तोडेका छन । प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेको झण्डै साढे चार महिनापछि भारतीय राजदूतसँग भेटवार्ता गरेका हुन ।कुनै पनि विदेशी राजदूतसँग छुट्टै नभेट्ने भनेर आफैंले बनाएको प्रोटोकल उनले तोडे ।नेपालमा सरकार परिवर्तन भएर नयाँ प्रधानमन्त्री बन्नासाथै विदेशी राजदूतहरु खासगरी भारतीय र चिनियाँ फुलगुच्छा लिएर भेट्न पुगिहाल्थे ।

त्यो परम्परालाई तोड्दै बालेनले कुनै पनि राजदूतलाई छुट्टै नभेट्ने नीति लिए ।बरु प्रधानमन्त्री बनेको केही दिनपछि उनले सबै विदेशी राजदूत र कुटनीतिज्ञहरुलाई एकैपटक बोलाएर सामूहिक भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीको यो शैली निकै प्रशंसित पनि बनेको थियो ।प्रधानमन्त्री सचिवालयले जारी गरेको प्रेस नोटमा भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको उल्लेख छ ।नेपालका प्रधानमन्त्रीसँग राजदूतको भेटलाई भारतले आफ्नो कुटनीतिक जितका रुपमा लिने छ । पहिलो भेट भारतीय राजदूतलाई दिएपछि बालेनले पहिलो भ्रमण पनि भारतमै गर्न सक्ने आँकलन गर्न थालिएको छ ।