एनपीएलको खेल तालिका सार्वजनिक

एनपीएलको खेल तालिका सार्वजनिक

२५ साउन काठमान्डौं । नेपाल क्रिकेट संघ क्यानले एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको छ ।एनपीएलको घोषित मित कात्तिक ९ देखि मंसिर ५ सम्म हुने छ।

अर्थात दसैँको पूर्णीमाको भोलिपल्टबाट नेपाल प्रिमियर लिग एनपिएल सुरु हुने छ। क्यानका सचिव पारस खड्काले एक विज्ञप्ती जारी गर्दै भने, ‘एनपीएल २०२६ आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म हुने व्यहोरा अवगत गराउँदछौं।’यसअघि भने एनपीएल तिहारपछि मंसिरमा हुँदै आएको थियो। मिति तोके पनि खेलतालिका भने सार्वजनिक गरिएको छैन।