सहकर्मी पक्राउ गरेको भन्दै विमानस्थल भन्सारका कर्मचारीको लफडा

66Shares
सहकर्मी पक्राउ गरेको भन्दै विमानस्थल भन्सारका कर्मचारीको लफडा

२५ भदौ काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मी पक्राउ गरेको विरोधमा विमानस्थल भन्सारका कर्मचारी आन्दोलित भएका छन् । भदौ २४ गतेदेखि सुरु आन्दोलनका क्रममा सोमबार कार्गो जाँचपास समेतबन्द गराएका छन ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीका तर्फबाट आइतबार नै जारी गरिएको विज्ञप्तिमा आइतबार उनीहरूले ३ घण्टा पेन डाउन गरेर विरोध जनाएका थिए । २५ गते सोमबार २६ गते मंगलबार उनीहरूले त्रिभुवन विमानस्थल भन्सार कार्यालय अन्तरगत कार्गो जाँचपास शाखामार्फत हुने निकासी र पैठारीको सम्पूर्ण काम बन्द गर्ने जनाएका थिए । सोही योजना अनुसार सोमबार कार्गो जाँचपास ठप्प पारिएको हो ।

कर्मचारीहरूले विमानस्थलका प्रमुख भन्सार प्रशासकलाई सम्बोधन गरी लेखेको पत्रमा असल नियतले गरेको कामलाई पनि अपराध भन्दै धरपकड गरी हतोत्साहित पार्न खोजिएको आरोप लगाएका छन् ।कर्तव्य पालनाको क्रममा खटिएका कर्मचारीलाई धरपकड गरी दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने काम गरेको भन्दै कर्मचारीको मनोबल गिरेको र आत्मसम्मानमा ठेस पुगेको कर्मचारीको गुनासो छ ।गरेका छन् ।पक्राउ गरिएका कर्मचारीको गोपनीयताको हक सुनिश्चित नभएको र वैयक्तिक विवरण सार्वजनिक भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।