रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

१९ साउन रोमानिया । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समय अनुसार आइतबार बिहान चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।बाकाउ आपत्कालीन सेवा निर्देशनालय का अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको टोली घटनास्थलमा पुगेको थियो। तर, उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो।

प्रारम्भिक अनुसन्धानअनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ। यद्यपि, उनीहरूको विस्तृत पहिचान र नेपालमा ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।