पार्टी निर्णय नमानेको भन्दै एमाले दाङद्वारा दुई जनालाई कारबाही

पार्टी निर्णय नमानेको भन्दै एमाले दाङद्वारा दुई जनालाई कारबाही

८ असोज दाङ। उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टी निर्णय नमानेको भन्दै नेकपा एमाले दाङले दुई जनालाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ ।दाङ उद्योग वाणिज्य संघको असोज ११ मा हुने निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवारी दिएपछि उनीहरुलाई पार्टी सदस्यतासमेत नरहने गरी कारबाही गरेको एमाले दाङ जिल्ला कमिटीका अध्यक्ष शिवकुमार आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

घोराही उपमहानगरपालिका–१० का एमाले सदस्य अनिल आचार्य र घोराही–१५ का सदस्य शरद अधिकारीलाई कारबाही गरिएको उनले जनाएका छन् । प्रेस काउन्सिलको पूर्व सदस्य अधिकारीले घोराहीबाट राप्ती पोष्ट दैनिक पत्रिका प्रकाशन गर्दै आएका छ्न् ।