८ आश्विन काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को छायांकन शुरु गरिएको छ । निर्माण टिमले ललितपुरको कार्यविनायक मन्दिरमा पूजा गर्दै सिनेमाको शुभमुहूर्त गरेका हुन् । जसमा सिनेमाका निर्देशक चौहान निर्माता भोलानाथ कटुवालसहित सबैजसो मुख्य कलाकार उपस्थित थिए ।

उनका अनुसार ३५ दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । यो सिनेमाको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ ।