१८ साउन दाङ । दाङका अस्पतालमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग गरिने ‘एन्टिस्नेक भेनम’ को अभाव भएको छ । उक्त औषधिको अभाव हुँदा सर्पदंशका बिरामीको उपचारमा समस्या भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल गढवा स्थित सर्पदंश उपचार केन्द्रमा भेनम सकिएको छ भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भेनमको मौज्दात सकिन लागेपछि उपचारमा समस्या देखिएको अस्पतालले जनाएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा।सुरेश रसाइलीका अनुसार प्रतिष्ठानमा हाल दुई जना सर्पदंशका बिरामी उपचाररत छन् । तर, आवश्यक एन्टिस्नेक भेनम अभाव हुँदा उपचारमा कठिनाइ भएको भन्दै प्रतिष्ठानमा रहेको भेनम सकिएकाले राप्ती प्रादेशिक अस्पतालसँग सहयोगका लागि माग गरिएको उनले बताए।