११ भदौ काठमाडौँ । गीतकार संघ नेपालले यही भदौ २५ गते आयोजना गर्न लागेको वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
गीतकार संघ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशीको बाँध फुटी त्रिशुली नदीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनसम्म प्रभावित भएको र हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठुलो जनधनको क्षति भएको र देश शोक तथा पीडामा रहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म कार्यक्रम स्थगित गरिएको संघले जनाएको छ ।