मैदान फर्किए लियोनेल मेसी

मैदान फर्किए लियोनेल मेसी

१७ साउन काठमान्डौं । विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन् । मेसी मैदानमा पुगेको खेलमा इन्टर मियामी मेजर लिग सकर एमएलएस अन्तर्गत भएको खेलमा कोलम्बस क्रुसँग २–२ को बराबरीमा रोकिएको छ।

विश्वकपको फाइनलमा अर्जेन्टिना स्पेनसँग पराजित भएको दुई सातापछि मैदान उत्रिएका मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए। मियामीको ‘न्यु स्टेडियम’मा ५३ औँ मिनेटमा मैदान छिरेका मेसीलाई समर्थकले स्वागत गरेका थिए। यद्यपि, पुनरागमन खेलमा उनले दुई वटा प्रहार पोस्टभन्दा बाहिर पठाउँदा गोल भने गर्न सकेनन्।