१३ साउन काठमान्डौं । सन् २०१८ को १९ वर्षमुनिको विश्वकप फाइनलमा शतक प्रहार गरेर भारतलाई जिताएका चर्चित क्रिकेटर मञ्जोत कालरा अहिले श्रीलंकाको जेलमा छन्।श्रीलंकामा भइरहेको लंका प्रिमियर लिगु २०२६ मा म्याच फिक्सिङु को प्रयास गरेको आरोपमा कोलम्बोको अदालतले उनको जमानत निवेदन अस्वीकार गरेको छ।मञ्जोत कालरा र अर्का भारतीय नागरिक युवराज पुष्पलाई यसै महिनाको सुरुमा श्रीलंका प्रहरीले पक्राउ गरेको थियो। उनीहरूमाथि जारी लिगका खेलहरू मिलेमतो गर्न खेलाडीहरूलाई प्रभाव पार्न खोजेको गम्भीर आरोप छ।
उनीहरूले आफ्नो स्वास्थ्य खराब भएको भन्दै जमानतमा रिहा हुन अदालतमा निवेदन दिएका थिए, तर न्यायाधीश असंगा एस। बोदरागामाले प्रहरी अनुसन्धान जारी रहेको भन्दै उनीहरूलाई जुलाई ३१ सम्म हिरासतमै राख्न आदेश दिएका छन्।