माछामार्ने क्रममा मानखोलामा डुवेर एक युवकको मृत्यु

माछामार्ने क्रममा मानखोलामा डुवेर एक युवकको मृत्यु

१२ साउन बर्दिया । मानखोलामा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको बर्दिया प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्दिया र बाँकेमो सीमाना जोडने मानखोलामा माछा मार्ने क्रममा बढैयाताल गाउँपालिका २ सानीगाउँका ३५ वर्षिय गोपाल सुनार सोमबार बेपत्ता भएका थिए । उनको शव सोमबार दिउो फेला परेको प्रहरीले जनाएको छ ।

बल्छीले माछा मार्ने क्रममा एक्कासी लडेर सुनार मानखोलामा बेपत्ता भएका थिए । बेपत्ता सुनारलाई खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गणबाट ७ र प्रहरी चौकी जमुनीबाट ४ जनाको संयुक्त प्रहरी टोली खटिएको थियो ।