१० साउन काठमान्डौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।पाकिस्तानको इस्लामावादमा शुक्रबार भएको खेलमा नेपाल पाकिस्तानसँग ३–० सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार तेस्रो हार हो ।
नेपाल पहिलो खेलमा कजाकिस्तान र दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो । पाकिस्तानले पहिलो सेट २५–१४ अंकले तथा दोस्रो सेट २५–१८ अंकले जित्यो ।