८ साउन बाँके । बाँके प्रहरीले दुइ जना महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनिहरुको साथ बाट लागु औषध सहित पक्राउ गरेको जनाएको छ ।पक्राउ पर्नेमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ की निशा पुन मगर र त्रिवेणी गाउँपालिका–२ की ललिता बुढाथोकी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित द नेक्ट बाइट रेष्ट्रो एण्ड कफीसप अगाडिबाट दुई महिलालाई नियन्त्रणमा लिएको हो।