५ साउन बाँके । बाँकेबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका(११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम ७० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका ५ बस्ने मधु सुधन पुलामी र २८ वर्षीय निश्चल केसी रहेका छन् । प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ समेतबाट खटिएको प्रहरीले बिपि चोकबाट त्रिभुवन चोकतर्फ जाँदै गरेको बा १७ च १४२२ नम्बरको कार जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक मधु र कारमा सवार निश्चललाई पक्राउ गरेको हो ।