६ साउन काठामान्डौं । कान्तिपुर मिडिया ग्रुपको कार्यालय अगाडि शंकास्पद रूपमा पार्क गरिएको कालो गाडी रास्वपाको चितवन महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङ्गले प्रयोग गरेको तथ्य खुलेको छ । असार २९ गते तेर्स्याइएको बा।प्र।–०१–०३४ च ८४८० नम्बरको सोही गाडी त्योभन्दा १५ दिनअघि गृहमन्त्री सुधन गुरुङले चितवनमा गुडाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशनमा उनले प्रयोग गरेको सोही गाडी कान्तिपुरको बाटो छेक्ने कार्यमा प्रयोग भयो । कालो रङको जेको जे–६० गाडी असार ७ गतेदेखि नै चितवनमा आयोजित रास्वपा महाधिवेशनमा प्रयोग भएको तथ्य खुलेको छ । गृहमन्त्री गुरुङले असार १४ गते हेटौंडा, पथलैयासम्म पनि सोही गाडी चलाएका थिए ।रास्वपा नेता तथा गुरुङ निकट रवि जयसवालको उक्त निजी गाडी मन्त्री सीमा नाकाको छड्के निरीक्षणमा जाँदासमेत प्रयोग गरिएको थियो । साभार जनआस्थाबाट