६ साउन काठमान्डौंं । दक्षिण भारतीय सुपरस्टार विजय थलापतिको बहुप्रतीक्षित चलचित्र जन नायकन’ ले प्रदर्शनअघि नै बक्स अफिसमा उत्कृष्ट सुरुआत गरेको छ ।समाचार अनुसार रिलिज भन्दा एक दिनअघि फिल्मले अग्रिम टिकट बुकिङमार्फत नै २० करोड भारतीय रुपैयाँभन्दा बढी कमाएको छ । यसमा ब्लक सिटसमेत समावेश छन् ।
ब्लक सिटको बिक्रीलाई हटाएर हेर्दा पनि चलचित्रले करिब १४ करोड भारतीय रुपैयाँ बराबरको टिकट बिक्री गरिसकेको छ ।व्यापार विश्लेषकहरूका अनुसार ‘जन नायकन’ले विजयका अघिल्ला चलचित्र ‘लियो’ र ‘गोट’को अग्रिम बुकिङको रेकर्ड भने अहिलेसम्म पार गर्न सकेको छैन ।अब चलचित्र जुलाई २३ देखि विश्वभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ ।