१६ जेठ काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन गरेको छ ।सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री स्वर्णिम वाग्लेले जनाए । स्वास्थ्य बिमा कार्यक्रमलाई १५ अर्ब बजेट विनियोजन गरिएको छ । स्वास्थ्य बिमा कार्यक्रम आर्थिक संकटमा कारण निजी र सरकारी अस्पतालमा सञ्चालित बिमा कार्यक्रम बन्द गर्न बाध्य भएको थियो ।
स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।जलन उपचारका लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता वृद्धि गरिने बजेट वक्तव्यमा उल्लेख छ ।