विद्यार्थि संख्या भन्दा वढि किताव छापेर लाखौ रुपैंया स्वाहा

विद्यार्थि संख्या भन्दा वढि किताव छापेर लाखौ रुपैंया स्वाहा

दीपककुमार शर्मा
६ जेठ  बर्दिया । गुलरिया नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यार्थि संख्या भन्दा वढि किताव छापेको पाइएको छ ।
बर्दियाको गुलरिया नगरपालिका भित्रका ४६ वटा विद्यालयका कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थिलाई गुलरिया गाथा नामक पुस्तक छपाईमा विद्यार्थि संख्या भन्दा बढि किताव छापिएको पाइएको हो । प्रति विद्यार्थि १ किताव हुनुपर्नेमा हजारौं किताव बढि छापिएको महालेखा परिक्षकको कार्यालयले आर्थिक वर्ष २०८० – ८१ को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । पालिकाले किताव छपाईमा ९ लाख ७६ हजार ६ सए ९६ रुपैया खर्च गरेको देखिएको छ ।