विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा

99Shares
विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा

आइतबार ,१४ जेठ, २०८०,

काठमाडौं,

आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार साँझ अन्तिम टोली घोषणा गरेको हो । बन्द प्रशिक्षणका लागि २२ खेलाडी छनोट गरिएका मध्ये १६ सदस्यीय अन्तिम टोली घोषणा गरिएको हो ।

रोहित पौडेल कप्तानिमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिष जीसी, ललित राजवंशी, अर्जुन साउँद र किशोर महतो छन् ।

१८ जुनदेखि ९ जुलाईसम्म जिम्बाबेमा हुने विश्वकप छनोट प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछन् र भारतमा हुने विश्वकपमा पनि १० टोली प्रतिस्पर्धा गर्नेछन् । जसका लागि आठ टोली छनोट भइसकेका छन् । छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीे विश्वकप खेल्न पाउनेछन् ।