सोमबार, २ साउन, २०८०,
काठमाडौं,
करेन्ट लागेर ललितपुरमा एकजना युवकको मृत्यु भएको छ ।
बाटोमा लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा ललितपुरको गोदावरी नगरपालिका–५ लेले सौरभञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङ रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान मर्निङवाक गर्न जाने क्रममा घर नजिकैको बाटोमा लत्रिएको थ्री फेजको बिजुलीको तार टेकिएर करेन्ट लाग्दा उनको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
करेन्ट लागेको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।