आइतबार, २४ असार, २०८०,
हेटौंडा,
चितवनबाट आएका किसानहरु हेटौंडामा धर्ना बसेका छन् ।
बागमती प्रदेश सरकारले दूधमा दिएको अनुदान रोकेपछि किसानहरू हेटौंडास्थित बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अगाडि धर्नामा बसेका हुन् ।
सरकारले दूधमा दिएको अनुदान रोकेपछि व्यापारीले किसानको दूध खरीद गर्न छोडेका छन् । जसले गर्दा केही दिनयता दूधले बजार नपाएपछि आन्दोलनमा उत्रिनुपरेको हो
चितवनका तीन वटा स्थानीय तहमा दिंदै आएको अनुदान प्रदेश सरकारले रोकेको छ । दोहोरो अनुदान हुने भन्दै अनुदान रोकिएको मन्त्रालयको भनाइ छ ।
प्रदेश सरकारले दोहोरो सुविधा हुने भन्दै भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकाको अनुदान रोकेको हो । भरतपुर महानगरपालिकाले उत्पादनका आधारमा दूधमा प्रतिलिटर तीन अनुदान दिँदै आएको छ । माडी नगरपालिकाले चार र राप्ती नगरपालिकाले ५० पैसा अनुदान दिँदै आएको छ ।
दूधमा अनुदान रोकिएका तीन वटै स्थानीय तहका किसान हेटौंडा पुगेका हुन् । उनीहरूले अनुदानलाई निरन्तरता दिनुपनर्,े पशु बीमाको रकम उपलव्ध गराउनुपर्ने लगायतका माग राखेका छन् । माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने किसान बगालेले बताए ।