चुरे दोहन रोक्न र सिर्सिया नदि संरक्षण गर्न बाराका नागरिक काठमाडौंमा

चुरे दोहन रोक्न र सिर्सिया नदि संरक्षण गर्न बाराका नागरिक काठमाडौंमा

बुधबार, १७ जेठ, २०८०,

काठमाडाैं,

चुरे तथा वन जङ्गल संरक्षण गर्न र सिर्सिया नदि को संरक्षण गर्न बाराका नागरिक १० दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका छन् ।

पर्साको सिर्सिया नदीलाई प्रदूषण र अपहरण मुक्त गराउन माग गर्दै सिर्सिया नदीको पानी भरिएको बोतल, ब्यानर ,प्ले कार्ड सहित माइतीघर मण्डलामा उनिहरुले विरोध प्रदर्शन

गरेका छन् । वीरगन्जबाट काठमाडौँसम्म पैदल आएका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

बारा औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको र प्रदुशणका कारण नदि आसपासको जनजीवन अस्तव्यस्त वन्दै गएको र रोगको भण्डारण भएको भन्दै नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै आएका छन् ।

सिर्सिया नदी बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेर पर्साको वीरगन्ज सहर हुँदै भारतको रक्सौलसम्म पुगेको छ । पर्सा–बारा औद्योगिक कोरिडोरका उद्योगबाट रसायनयुक्त पानी र फोहर सिधै नदीमै विसर्जन हुन्छ । जसका कारण सिर्सिया नदी विगत तीन दशक यता प्रदूषित बनेको हो ।

औद्योगिक करिडोरमा छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योग हरु सन्चालनमा छन् जसबाट निस्कने रसायनयुक्त पानी, जीवजन्तुका सडेगलेका छाला, रौँ, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने गरिन्छ । जसले गर्दा सिर्सिया नदी प्रदूषित र दुर्गन्धित बनेको हो ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदूषण रोक्न माग गर्दैै पटक पटक आन्दोलन समेत गर्दै आएका छन् । सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले नदीमा फोहर र रसायनयुक्त पानी सिधै मिसाउँदै आएका उद्योगको पटक पटक अनुगमनसमेत गरेको थियो । तर स्थानिए स्तरमा सुनुवाई नभएपछि, प्रभावित क्षेत्रका स्थानिय र अभियानताहरु काठमाडौं आउनुपरेको एक अभियानताले जानकारी दिए ।