२७ भदौ जाजरकोट । जाजरकोटमा जिप चालक पक्राउ परेका छन । जाजरकोटको शिवालय गाउँपालिका–१ स्थित छेडा बजारबाट लागुऔषधसहित जिप चालक पक्राउ परेका छन्।शनिबार बाँकेको नेपालगन्जबाट डोल्पातर्फ जाँदै गरेको लु.प्र.०१००१ च १७४० नम्बरको जिप चालक परियारलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
सुर्खेत–जाजरकोट सीमा क्षेत्रमा पर्ने छेडा बजारस्थित नवराज एण्ड नितिसा स्टाफ होटलबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडी बजारका २४ वर्षीय ससीराम परियार पक्राउ परेका हुन्।होटलमा जिप यात्रुहरूलाई खाना खुवाइरहेका बेला चालक परियार लामो समयसम्म कोठाबाट बाहिर नआएपछि प्रहरी चौकी छेडाका हवल्दार दुर्गा सुनारको नेतृत्वमा खटिएको प्रहरी टोलीले कोठामा खोजतलास गर्दा परियारलाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी चौकी छेडाका इन्चार्ज लालु सिंहले जानकारी दिए।