२७ भदौ काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जसअन्तर्गत पाँचथरमा सुर्यकुमार दाहाल, झापामा महीन्द्रा कुमारी लिम्बु, मोरङमा भीम पराजुली, काठमाडौंमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिइएको छ।
सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह गरिएको छ ।भदौ १७ र १८ गते बसेको महाधिवेशन तयारी समितिको बैठकले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको थियो। अधिवेशनहरूलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहका तयारी समितिहरू गठन गर्ने समयसीमा पनि तोकिएको छ।