आइतबार, १ साउन, २०८०,
काठमाडौं,
नेपालका अशोक वहादुर ढुंगेलले अस्ट्रेलियाको एन.आर.एन चुनावमा आफ्नो उमेद्वारी दिएका छन् ।
भोट फर युथ भोट फर चेन्ज भन्ने मुल नारा लिएर अस्ट्रेलियन क्यापिटल टेरिटोरी (A.C.T) स्टेटको सह—सचिव पदका लागि उनले स्वतन्त्र उमेद्वारी दिएका हुन् ।
Committed to Commitment, Dedicated to Progress, Strive to Achieve भन्ने उनको नारा रहेको छ ।
उनले आफ्नो फेसबुकको स्टाटस मार्फत भाेटका लागि अपिल समेत गरेका छन् ।
” समाज सेवालाइ जिबनको पर्यायको रूपमा लीइआयको छु र विगतमा पनि नेपाल हुँदा देखी नै समाज सेवामा निरन्तर लागी रह्को यहाँ हरुलाइ सर्बविधितै छ । चाहे त्यो विनाशकारी भूकम्प होस् वा बिश्वब्यापी Covid-19 को समयमा होस् , कयौ दुःखमा मलम लगाउने सामाजिक उत्तरदायित्व निर्बाह गर्न पायकोमा समाजसेवाको थप प्रेरणा मिलेको थियो। प्रबासमा बसेका सम्पूर्ण नेपालीहरुको अभिभाबक संस्था NRN, NRNA जस्तो संस्था , विशुद्ध गैह्र-राजनितिक हुनुपर्छ र सम्पूर्ण नेपालीहरुको साझा साँस्कृतिक , सामाजिक घर हुनुपर्छ भन्ने बिचारका साथ सम्पूर्ण Canberra / Queanbeyan बासी नेपालीको साथ र सहयोग पाउने आशा सहित चुनाबी मैदानमा आयको छु” उनले भनेका छन्
जुलाई २९ मा हुने चुनावमा निर्वाचित भएभने उनी २०२५ सम्मका लागि सह—सचिव बन्ने छन् ।
अस्ट्रेलिया जानु भन्दा पहिले ढुंगेल नुवाकाेटका बासिन्दा हुन् ।