मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने गरि स्थापना गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम'( MDMS ) प्रणाली आजदेखि लागू भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
अब देखि यो प्रणालीले औपचारिक रूपमा नेपालमा दर्ता भएका र नभएका मोबाइलको आधिकारिक तथ्यांक राख्ने भएकाले गैरकानुनी तरिकाले भित्राइएका मोबाइल अब नचल्ने प्राधिकरणका एक अधिकारिले बताए ।
झण्डै ३५ प्रतिशत भन्दा बढी मोबाइल गैरकानुनी रूपबाट भित्रिएर प्रयोग भइरहेको र त्यसले सरकार, व्यवसायी र उपभोक्ता सैबलाई हानि भइरहेको तर्कसहित एमडीएमएस लागू गरिएको हो । यो प्रणालीमा दर्ता नभई भन्सार छलेर ल्याइएका मोबाइलहरु नचल्ने भएकाले नेपालको मोबाइल बजार पूर्णवैधानिक हुने प्राधिकरणको विश्वास छ ।
थाहा पाई राखौ ?
देश बाहिर बाट ल्याएर नेपाली मोबाइल सेवा प्रदायकको सिम प्रयोग भएको १५ दिनभित्र मोबाइलको आईएमईआई नम्बर एमडीएमएस प्रणालीमा दर्ता नगरिए उक्त मोबाइलमा राखेको सिम चल्दैन तर वाईफाई भने चल्छ । यदि वैशाख ३१ गते (हिजो)सम्म कसैले विदेशबाट ल्याएको फोनमा सिमकार्ड राखिसकेको छ भने त्यसलाई सिस्टमले अटोमेटिक दर्ता हुन्छ र मोबाइलले काम गर्छ ।