‘ए मेरो हजुर ४’ को छायांकन सुरु !

<br>‘ए मेरो हजुर ४’ को छायांकन सुरु !

‘ए मेरो हजुर’ टोलीले आगामी फागुन ६ गते काठमाडौंको कार्यविनायक मन्दिरमा मुहूर्त छायाँकन गरी अर्को सिक्वेल फिल्म ‘ए मेरो हजुर ४’ को छायांकन औपचारिक रुपमा सुरु गरेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ को सिक्वेल बनेको यो चलचित्रमा चर्चित अभिनेता अनमोल केसीको अभिनय रहेको छ । र अभिनेत्री सुहाना थापासँगै सलोन बस्नेत, अर्पण थापा र रवीन्द्र झा मुख्य भूमिकामा छन् ।