चलचित्र आदिपुरुसका लेखक शुक्लाले ट्विटमार्फत मागे माफी

चलचित्र आदिपुरुसका लेखक शुक्लाले ट्विटमार्फत मागे माफी

आइतबार, २४ असार, २०८०,

काठमाडौं,

हिन्दी चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । विवादास्पद चलचित्रले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै चौतर्फी आलोचना भएपछि शुक्लाले माफी मागेका हुन् ।

शनिबार बिहान ट्विट गर्दै मनोजले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु । आदिपुरुष फिल्मले जनताको भावनामा चोट पुर्याएको म स्वीकार गर्छु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा निःशर्त माफी चाहन्छु

भगवान् बजरङ्ग बालीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटुट रहन र हाम्रो पवित्र शाश्वत र महान् देशको सेवा गर्ने शक्ति दिनुहोस् चलचित्र आदिपुरुषको संवादलाई लिएर विवाद भएपछि मनोज मुन्तासिरले आफ्नो लेखनको बचाउ गर्दै आएका थिए ।

प्रदर्शन लगत्तै चलचित्र विवादमा आएपछि व्यापारमा प्रत्यक्ष असर परेको थियो ।