१२ मसीर बर्दिया । बर्दियाबाट गण्डकी प्रदेशमा सरुवा हुनु भएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सरोज पौडेललाई बर्दिया जिल्ला टेनिस संघले सम्मान सहित मायाको चिनो प्रदान गरेको छ ।१० औं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तर्गत टेनिस खेल चलिरहेको गुलरिया नगरपालिका ४ खेलमैदानमा खेलाडी समेत रहनु भएका प्रहरी उपरिक्षक सरोज पौडेललाइ बर्दिया जिल्ला टेनिस संघका अध्यक्ष दीपककुमार शर्माले मायाको चिनो सहित सम्मान गर्नु भएको थियो ।
सो अवसरमा बर्दिया जिल्ला टेनिस संघका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । बर्दिया जिल्ला टेनिस संघका अध्यक्ष दीपककुमार शर्माले आगामी कार्यकालको शुभकामना व्यक्त गर्दै बर्दिया रहदा सीकेको टेनीस खेललाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । प्रहरी उपरिक्षक सरोज पौडेलले जहा गएपनि माया रहिरहने बताउदै टेनिस खेललाई निरन्तरता दिने बताउनु भयो । सम्मान तथा मायाको चिनो प्रदान कार्यक्रममा १० औं राष्ट्रिय खेलकुद प्रतियोगीता टेनिस खेलका प्रमुख निर्णायक रेणु कोण्डा र सहायक निर्णायक सुर्यभुषण बज्राचार्यले पनि मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल टेनिस संघका प्रमुख कार्यकारी अधिकृत जयजीव हाडा र कोषाध्यक्ष गौरीशंकर श्रेष्ठको उपस्थितिमा मायाको चिनो तथा सम्मान कार्यक्रम गरिएको थियो ।