१० मंसिर,बर्दिया । बर्दियामा एक जना युवा पक्राउ परेका छन ।प्रहरीका अनुसार बर्दियाको बढैयाताल गाउँपालिकाबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेको बताइएको छ ।प्रहरीका अनुसार थारुलाई खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो।
उनको साथबाट लागुऔषध खैरो हेरोइन १४।४४० ग्राम र एक थान मोबाइल बरामद गरिएको छ।लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बढैयाताल गाउँपालिका–५ बाट १४।४४० ग्राम खैरो हेरोइनसहित २२ वर्षीय भुपेन्द्र कुमार थारुलाई पक्राउ गरेको हो।