९ मंसिर काठमाडौं । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन स्वीकार गरेको छ । न्यायाधीशहरू श्रीकान्त पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।सर्वोच्चको आदेशसँगै आईजीपी डा।मनोज केसीले कामलाई निरन्तरता दिने बाटो खुलेको छ । अब अन्तिम फैसलाबाट मात्रै यसबारे निर्क्योल हुनेछ ।
डा. मनोजकुमार के।सी। नेपाल सरकारको २०८३ साल मंसिर १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा बढुवा भई सोही दिन नियुक्तिपत्र बुझेर कार्यभार सम्हालिसकेको अवस्था रहेको भन्दै अदालतले अन्तरिम आदेश जारी नगरेको हो ।अदालतले प्रहरी संगठनको नेतृत्व देशको शान्ति सुरक्षा कायम गर्ने विषयसँग प्रत्यक्ष जोडिएको सार्वजनिक महत्वको संवेदनशील विषय भएको उल्लेख गरेको छ । रिट निवेदनमा उठाइएका कानुनी प्रश्न र निवेदकले माग गरेको न्यायिक उपचारको विषय अन्तिम सुनुवाइका क्रममा निरुपण हुने प्रकृतिको देखिएको आदेशमा उल्लेख छ ।त्यस्तै, सुविधा सन्तुलनका दृष्टिले पनि तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको सर्वोच्चको ठहर छ ।