दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

दाङमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

३ दाङ मंसिर । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।मृत्यु हुनेमा गढवा गाउँपालिका६, रामपुरका १९ वर्षीय रोहित सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।प्रहरीका अनुसार बिहीबार बिहान करिब ४ बजे लमहीबाट गढवातर्फ जाँदै गरेको रा ५ प ८९२४ नम्बरको मोटरसाइकल राप्ती पुलमा ठोक्किएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारलाई उपचारका लागि सञ्जीवनी टिचिङ अस्पताल घोराही लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गढवा  ६ का १८ वर्षीय राहुल थापा र १८ वर्षीय नवीन गुरुङ सामान्य घाइते भएका छन्।